युक्रेनको मारिऊपोलमा पूर्ण रुपमा कब्जा गरेको रुसको दाबी

काठमाडौं । रुसले युक्रेनको बन्दरगाह शहर मारिऊपोलमा पूर्ण रुपमा कब्जा जमाएको घोषणा गरेको छ । रुसी अधिकारीहरुले दाबी गरे अनुसार मारिऊपोलको स्टिल कारखानामा जारी पछिल्लो भिडन्तमा युक्रेनका सैनिकहरुले आत्मसमर्पण गरेसँगै रुसले मारिऊपोलमा पूर्ण कब्जा जमाएको हो ।

रुसको रक्षा मन्त्रालयले जानकारी गराए अनुसार उक्त स्टिल कारखानाबाट ५ सय ३१ जना युक्रेनी सैनिकहरु पछि हटिसकेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि रुसको दाबी पुष्टी हुनेगरी युक्रेनी सुरक्षाबललाई उक्त कारखानाबाट बाहिर निस्किन आदेश दिएको जनाएका छन् ।

मारिऊपोलस्थित सो कारखानामा ८० दिनभन्दा बढी समयदेखि रुसले युक्रेनी सैनिकलाई घेराबन्दीमा राखेको जनाइएको थियो भने सो कार्यका लागि रुसले २० हजार भन्दा बढी सैनिक तैनाथ गरेको अन्तर्राष्टि«य संचार माध्यमहरुले बताएका छ्न् ।

उक्त कारखाना आम सर्वसाधारणहरु समेत फसेका थिए जसलाई रेडक्रस र संयुक्त राष्ट्र संघको पहलमा केही समय अगाडि उद्धार गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *