सूर्योदयमा सांसदबाट राजीनामा दिएर मेयर लडेका कागते पराजित, नेकपा एसका राई पुनः विजयी

काठमाडौं । इलामको सूर्योदय नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रणबहादुर राई विजयी भएका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका काजीमान कागतेलाई हराउँदै राई मेयरमा निर्वाचित भएका हुन्।

राईले १२ हजार ४३१ मत ल्याए भने कागतेले १० हजार ५७९ मत प्राप्त गरे।

कागते प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरका लागि चुनावमा होमिएका थिए।

राई यसअघि पनि सूर्योदय नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। यो उनको दोस्रो कार्यकाल हो।

उपमेयरमा कांग्रेसका दुर्गाकुमार बरालले ११ हजार ८५४ मत ल्याएर विजयी भएका छन् भने एमालेकी दुर्गादेवी भट्टराईले ९ हजार १२२ मत ल्याएका छन्।

Comments

One response to “सूर्योदयमा सांसदबाट राजीनामा दिएर मेयर लडेका कागते पराजित, नेकपा एसका राई पुनः विजयी”

  1. ksp pyl Avatar
    ksp pyl

    पार्टीले पाठ के सिक्नुपर्छ भने जसले स्थानीय तहमा काम गर्न चाहान्छ उसले प्रदेश र संघमा उठ्नु हुँदैन । भईरहेकाे साँसद पद छाेडेर आउनेलाई जनताले सजाय दिए । जस्तै पाेखरा, भरतपुर काठमाडाैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *