नेपाली सेलिब्रेटीहरुलाई नाटककर्ताहरुको संज्ञा दिएका असिफ शाहको प्रश्न– स्वीकार्दैमा गल्ती कम हुन्छ ?

काठमाडौं । सुन्दरी प्रतियोगितामा भाग लिएर केही गर्ने र अभिनेत्री वा मोडल बन्ने सपनाले मनोरञ्जनको दुनियाँमा छिरेकी एक युवतीलाई कार्यक्रम आयोजकले नै ६ महिनासम्म बारम्बार बलात्कार गरेको घटनाले अहिले चारैतिर माहोल तातिरहेको छ।

उक्त घटनामा पूर्वमिस नेपाल माल्भिका सुब्बा पनि जोडिएपछि यो केशले झन् ठूलो मोड लिएको छ। आफू बारम्बार बलात्कृत भएपछि मद्दतको लागि फोन गर्दा माल्भिकाले ‘यो मेरो समस्या होइन। मलाई किन सुनाइरहेको छौं ? तिमी रेप भएको हो, त्यो तिम्रो समस्या हो’ भनेर फोन राखेको भन्ने पीडितको भनाइ छ ।

यतिबेला पीडितलाई न्यायको माग गर्दै कलाकार र विभिन्न व्यक्तिहरुले आफ्नो सामाजिक सञ्जालमार्फत आवाज उठाइरहेका छन् । यता पीडितलाई न्याय मागिराख्दा धेरै कलाकारहरुले माल्भिका पक्षबाट पनि आफ्नो भनाइ राखिरहेका छन् ।

अभिनेत्रीहरु प्रियंका कार्की, उषा रजक, पूर्वमिस नेपालहरु श्रृङ्खला खतिवडा, जेनिसा मोक्तान, सीताश्मा चन्द, सुगरिका केसी, नीति शाहलगायतले सुब्बालाई नआत्तिन र हिम्मत नहार्न पावर मिलोस् भन्दै उनलाई कमेन्ट र आफ्नो पोष्टमार्फत प्रेरित गरिरहको छन् ।

तर, अभिनेता तथा गायक असिफ शाहले भने नेपाली सेलिब्रेटीले सुब्बालाई प्रोत्साहन गर्नु गलत भएको जिकिर गरेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा नाटककर्ताहरु भन्दै पोष्ट लेखेका छन् । उनी लेख्छन, ‘डबल स्ट्यान्डर्ड नेपाली सेलिब्रेटी भनाउँदाहरु ‘मोर पावर टु यु दिदी’ को नारा लाउदैछन् । वाइयातहरु ! गल्ती स्वीकार्दैमा गल्ती कम हुन्छ ? जिरो टोलेरेन्स (शून्य सहनशीलता) का नाटककर्ताहरु । नो पावर टु यु ।’

उनको यो भनाइमा टिकटक क्विन रेश्मा घिमिरेसहित धेरैले सहमति जनाएका छन् । नारीवादको नारा लाएर हिँडने तर बलात्कार भएको थाहा हुँदा पनि वास्ता नगर्ने व्यक्तिलाई नै धेरैले सहानुभूति दिएको अपाच्य भएको र माफ माग्दा वा गल्ती स्वीकार्दा कोही सानो हुँदैन भन्ने उनको पोष्टको आशय देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *