एएफसी छनोटका लागि अल्मुताइरीले घोषणा गरे नेपाली टिम

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटका लागि नेपाली रष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले अन्तिम टोलीको घोषणा गरेका छन् ।

नियमित कप्तान किरण चेम्जोङ र प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण बन्द शिविर छाडेका १० खेलाडीलाई बाहिर राखेर राष्ट्रिय टोली छनोट गरिएको छ ।

विवाद छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाए पनि त्यसलाई सार्वजनिक नगर्दै राष्ट्रिय टोलीको छनोट गरिएको छ । यसले कम्तीमा आगामी एएफसी कप छनोटसम्म नेपाली टोलीको प्रशिक्षकमा अल्मुताइरी रहने संकेत दिएको छ ।

छनोटमा नेपाल जोर्डन, कुवेत र इन्डोनेसियासँग समूह ‘ए’ मा परेको छ । नेपालले पहिलो खेल जुन ८ मा जोर्डन, जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ ।

एसियन कप छनोटका लागि अन्तिम टोलीः

गोलकिपरः दिप कार्की, विशाल सुनार, टिकेन्द्र सिंह थापा,

डिफेन्डरः विकाश खवास, विकाश तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल

मिडफिल्डरः आकाश बुढा मगर, एरिक विष्ट, निर कुमार राई, पुजन उपरकोटी, रोसन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङदाम्बे, सुनिल बल, सुरज जिउ ठकुरी

फरवार्डः आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *