काठमाडौं । टि २० अन्तर्राष्टिय श्रृंखलाको चौथो खेलमा नेपालले युगान्डाविरूद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपालले टीममा तीन परिवर्तन गरेको छ ।
संगिता राई, सवनम राई र रोमा थापालाई प्रतिस्थापन गर्दै अप्सरी वेगम, हिरान्माये रोए र अस्मिना कर्माचार्यलाई टिममा समावेस गरेको छ ।
हिरान्मायेले यसै खेल मार्फत राष्ट्रिय टिममा डेब्यु गरेकी छिन् ।
लगातार तीन हार बेहार्दै नेपालले पाउना टीम युगान्डालाई शृङ्खला सुम्पिसकेको छ । तर, युगान्डालाई क्लिन स्विप नदिन नेपाललाई कुनै एक खेल जित्न दवाव रहनेछ ।
युगान्डाविरूद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय नेपालले १२ रनले हारेको थियो । भने, दोस्रो खेल एक विकेटले र तेस्रो खेल ६ विकेट हारेको थियो ।
नेपालको प्लेइङ ११ :
रुविना क्षेत्री(कप्तान), इन्दु वर्मा, सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, डली भट्ट, हिरान्माये रोय, सरिता मगर, अप्सरी बेगम, अस्मिना कर्माचार्य, विन्दु रावल

Leave a Reply