रोहितलाई उपकप्तानको जिम्मेवारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानमा नियुक्त गरेको छ ।

क्यानले बिहीबार रोहितलाई आइसिसी विश्वकप क्रिकेट लिग २ का लागि टिमको उपकप्तानमा नियुक्त गरेको जनाएको हो ।

लिग २ मा नेपालले अमेरिका र स्कटल्यान्डमा शृङ्खला खेल्ने तालिका छ । नेपालले अमेरिकामा घरेलु टोली र संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध त्रिदेशीय शृङ्खला खेल्नेछ ।

क्यानले यसअघि पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र उप कप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गर्दै कप्तान र उप कप्तान बाट हटाएको थियो ।

गत डिसेम्बरमा पूर्व कप्तान को स्थानमा सन्दीप लामिछानेलाई कप्तानी सुम्पिए पनि क्यानले उपकप्तानको टुङ्गो भने लगाउन सकेको थिएन ।

यसअघि शृङ्खलाका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको थियो ।

नेपाली टिम:

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, मोहम्मद आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो, सागर ढकाल ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *