कोर एरिया अपडेट- बालेनभन्दा झण्डै चारगुणा बढी मतले स्थापित अगाडि, सिर्जना र सुमन पछिपछि

काठमाडौं । काठमाडौंको वडा नम्बर २७ मा ३०० मतको गणना सकिएको छ । अहिलेसम्मको मतगणनामा एमालेका उम्मेदवार केशव स्थापितले फराकिलो अग्रता लिइरहेका छन् ।

प्राप्त विवरणअनुसार ३०० भोटमा स्थापित एक्लैले १४५ भोट ल्याएका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालन साहको ४३ भोट र नेपाली कांग्रेसकी सिर्जना सिंहको ४१ भोट छ ।

यस वडामा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि उल्लेख्य भोट ल्याइरहेका छन् । चौंथो स्थानमा रहेका उनको चुनावचिन्ह आँखिझ्यालमा अहिलेसम्म ३१ भोट आइसकेको छ ।

वडा नम्बर ८ मा सिर्जना अगाडि

यस्तै काठमाडौंको वडा नम्बर ८ को पनि मतगणना जारी छ । यस वडामा ६०० मतको गणना सकिँदा सिर्जना सिंहले अग्रस्थानमा रहँदो १९५ भोट ल्याएकी छन् । एमालेका स्थापित र स्वतन्त्र उम्मेवार बालेनको समान १५०/१५० भोट छ ।

Comments

3 responses to “कोर एरिया अपडेट- बालेनभन्दा झण्डै चारगुणा बढी मतले स्थापित अगाडि, सिर्जना र सुमन पछिपछि”

  1. उमेश थापा Avatar
    उमेश थापा

    बालेनको overall भोट चाहिं कति छ के? यो पत्रिका गठबंधनको हो कि एमालेको? बुझ्नै गारो बा! दर्शकलाई गुमराहमा राख्न खोजिँदैछ। काठमाडौंलाई ब्यवस्थित गर्ने वालेनको जस्तो ठोस सोंच र महत्वकांक्षा न स्थापितमा छ न सृजनकोमा। यिनीहरूले टिकट पाएको दिन रबि लामिछानेको कार्यक्रममा यिनीहरुको योजना नसुनेको र नहेरेको हाे र? सबै उम्मेद्वारलाई रबि लामिछानेले प्रश्न सोध्दा बालेनले त्यस प्रश्नको उत्तर दिँदा पानीको धारा जस्तो फरर बगेको छ उता सृजना र स्थपित चै अक्मकाएर बोल्नै
    नसक्ने थियो। काठमाडौंलाई बिकास अनि बेबस्थित गर्ने Balen काे जस्तो ठोस सोच अनि योजना नभएकाले काठमाडौं जस्तो महानगरको मेयर भएर यि दुईले अर्काे पाँच बर्ष काठमाडौं बासी उहि फोहोरको डंगुरमा, ट्राफिक जाममा, अनि पानीले काकाकुल भएर बस्नु पर्ने हुन्छ। माथि उल्लेखित सवै समस्या बाट छुटकारा पाउने र गराउने बालेनकाे जस्तो योजना कसैसँग नभएकोले There should be Balen and only Balen as the mayor of Kathmandu Metropolitan City.
    म एक स्वतन्त्र र कुनै पनि दलसँग संबद्ध नभएको विशुद्ध नेपाली नागरिक हुँ। मलाई पनि मेराे देश भौतिक रूपमा अरू देश जस्तो विकसित चाहिएको होइन। ब्राजिल पछिको दोस्रो जलस्रोतको धनि देशमा मैले खानेपानी निःशुल्क पाउनुपर्यो, मन्दिरैमन्दिरको मेरो शहर सफा सोच्छ अनि हराभरा हुनुपर्यो। सेतो टावर होइन, मलाई मेराे शहरमा भीमसेन स्तम्भ जस्ताे इटा, सुरकी, चुनाले प्रयोग गरेर बनाएको बिना डन्डी अनि सिमेन्ट काे धरहरा चाहियो। यी सबै काम बालेनबाट मात्र सम्भव छ।

    1. राहूल Avatar
      राहूल

      बालेन पर्दा पछाडि रचित पात्र हुन। उनलाई विगत केहि वर्ष देखिनै प्रशिक्षण थियो। रवि लामिछाने मार्काका हरू जो भिडलाई जम्मा गरेर अतिरञ्जित माहिर छन ऊनिहरूको पूर्वयोजनामा स्थापित विरुद्ध मिडिया प्रयोग गरिएको हो। देशमा भूकम्प जादा कता थियो बालेन? कोभिड महामारीमा सहयोगि भूमिकामा किन देखिएन बालेन? ईन्जिनियरिङ पढदा होस वा पढाइ सकेछि होस कहिले हक हित र अधिकार को कुरा ऊठाएको छन यिनले? अहिले एक्कासि डलरे मिडिया र आफ्नो कर्तव्यवोध नभएको जमात रटान लगाइरहेको छ वालेन भनेर। त्यत्रा स्वतन्त्र ऊम्मेद्वार मैदानमा थिए तर किन बालेन साह लाइ मिडियाले हाइप गर्यो??

  2. Ruklal Avatar
    Ruklal

    Its 100 parsent

Leave a Reply

Your email address will not be published. Required fields are marked *