सत्ताको दुरुपयोग गर्दै गठबन्धनले धाँधली गरेको रघुवीर महासेठको आरोप (भिडिओ)

धनुषा । नेकपा एमालेका सचिव रघुवीर महासेठले स्थानीय तहको निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् ।

बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै महासेठले कांग्रेसले नेतृत्व गरेको गठबन्धनले सत्ताको दुरुपयोग गर्दै निर्वाचनमा धाँधली गरेको आरोप लगाएका हुन् ।

सीधै जिल्लाबाट परिचालित कर्मचारी, सुरक्षाकर्मी निष्पक्ष भएपनि स्थानीय तहमा रहेका कर्मचारी तथा प्रहरीले सन्तोषजनक भूमिका निर्वाह गर्न नसकेको उनको टिप्पणी थियो ।

महासेठले खसेको मतभन्दा बढी मत भेटिए पनि त्यसलाई मान्यता दिएको पनि आरोप लगाए ।

‘मधेशका विभिन्न स्थानीय तहमा कांग्रेसले आक्रमण गरी मतदान रद्द गराएको, मतपेटिका कब्जामा लिइ फर्जी मत हाल्न लगाएको, कर्मचारीकै कारण मतपेटिकामा खसेको मत भन्दा बढी मतपत्र फेला परेको पाइएको छ’, उनले भने ।

सरकारले अविलम्ब यस्ता क्रियाकलाप बन्द नगरे आफूले कडा कदम चाल्न बाध्य हुने महासेठले चेतावनी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *