स्थापितको वडाको मतगणना सुरु, एमालेलाई सुरुवाती अग्रता

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २८ को मतगणना सुरु भएको छ । यो एमालेका मेयर उम्मेदवार केशव स्थापितले भोट खसाएको वडा हो ।

प्रारम्भिक मतगणनामा अहिलेसम्म स्थापितले अग्रता लिएका छन् । ८७ मतसहित उनी अग्रस्थानमा रहँदा स्वतन्त्र उम्मेदवार बालेनले ७३ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै कांग्रेसकी सिर्जना सिंहको ४७ मत छ ।

समग्रमा भने बालेनले अग्रता कायमै राखेका छन् । हालसम्म उनको पक्षमा १६,८९० मत आएको छ । स्थापितले ९,०२१ र सिंहले ८१२६ मत ल्याएर बालेनलाई पछ्याइरहेकी छन् ।

काठमाडाैंकाे वडा नं २८ पुरानाे बसपार्क र बागबजार आसपासकाे क्षेत्र हाे । स्थापितले बागबजारस्थित पद्मकन्या क्याम्पस मतदान केन्द्रमा मतदान गरेका थिए ।

Comments

2 responses to “स्थापितको वडाको मतगणना सुरु, एमालेलाई सुरुवाती अग्रता”

  1. कमलीकान्त भेटुवाल, लोकगायक Avatar
    कमलीकान्त भेटुवाल, लोकगायक

    खेलाडिको खेल अब देखिनेवाला छ। जय होस स्थापित ज्युको।

    1. kishor dahal Avatar
      kishor dahal

      Yasta nalayyak byaktilai vot halne nepali janata sachhikai veda nai hunki kya ho. anya deshma vayeko vaye ummerdwari na radda hunthyo ajha kheladiko khel re ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *