भक्तपुरको मध्यपुर थिमिमा जेठानसँग ज्वाइँ पराजित (अन्तिम नतिजासहित)

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा जेठानले ज्वाइँलाई हराएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका जेठान सुरेन्द्र श्रेष्ठले एमालेबाट उम्मेदवारी दिएका बहिनी ज्वाइँ मदनसुन्दर श्रेष्ठलाई ४०६३ मतान्तरले हराएका हुन् ।

प्रमुख निर्वाचित सुरेन्द्रले १५ हजार ९८ मत ल्याएका छन् । पराजित निवर्तमान प्रमुख मदनसुन्दरले ११ हजार ३५ मत ल्याए ।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ निर्वाचित भए । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँगको चुनावी तालमेलमा विजयी माओवादी केन्द्रका विजयकृष्णले १२ हजार १०२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उत्तरा नेपालले ८९६३ मत ल्याइन् ।

नौवटा वडा रहेको मध्यपुर थिमिमा बहुमत ६ वटा जितेको छ । उसले वडा नं १, २, ३, ५, ६ र ९ वडामा अध्यक्ष जितेको हो । जसअनुसार १ मा बाबसकाजी डंगोल, २ मा श्रीकृष्ण श्रेष्ठ, ३ मा कृष्णहरि आचार्य, ५ मा बालकृष्ण श्रेष्ठ, ६ मा ज्ञानदास प्रजापति र ९ मा सानु राजबाहक रहेका छन् ।

एमालेले ४ र ७ वडा जित्दा वडा नं ८ मा नेमकिपाले जितेको छ । एमालेबाट ४ मा बालकृष्ण पात्या श्रेष्ठ र ७ वडामा कृष्णकुमार प्रजापति निर्वाचित भए । प्रजापति अघिल्लोपटक स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए । ८ वडामा नेमकिपाबाट रमेश थापा श्रेष्ठ विजयी भए ।

मध्यपुर थिमि नगरपालिका
प्रमुखः सुरेन्द्र श्रेष्ठ (नेपाली कांग्रेस
उपप्रमुखः विजयकृष्ण श्रेष्ठ (माओवादी केन्द्र)
वडा नं १ः बाबुकाजी डंगोल (कांग्रेस)
वडा नं २ः श्रीकृष्ण श्रेष्ठ (कांग्रेस)
वडा नं ३ः कृष्णहरि आचार्य (कांग्रेस)
वडा नं ४ः बालकृष्ण पात्या श्रेष्ठ (एमाले)
वडा नं ५ः बालकृष्ण श्रेष्ठ (कांग्रेस)
वडा नं ६ः ज्ञानदास प्रजापति (कांग्रेस)
वडा नं ७ः कृष्णकुमार प्रजापति (एमाले)
वडा नं ८ः रमेश थापा श्रेष्ठ (नेमकिपा)
वडा नं ९ः सानु राजबाहक (कांग्रेस)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *