काठमाडौं । सरकारले शनिवार र आइतबार सार्वजनिक बिदाको निर्णय गरे पनि अधिकांश विद्यालयहरू भने पुरानै तालिकाअनुसार सञ्चालनको निर्णय गरिरहेका छन् ।
यस्तैमा राजधानीको बुढानीलकण्ठ नगरपालिकाले सरकारको निर्णय विपरित पुरानै क्यालेन्डर अनुसार शनिवार मात्रै बिदा हुने गरी विद्यालय सञ्चालनको निर्णय गरेको हो ।
जेठ १ गतेबाट लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय सरकारले गरेको भए पनि एक महिना ढिला शैक्षिक सत्र सुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि साबिकअनुसार नै विद्यालय सञ्चालनका लागि नगरपालिकाले अनुरोध गरेको छ ।


Leave a Reply