काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।
बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा केहीबेरअघि बैठक सुरु भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सहभागी रहेको छैन ।

मंगलबार संसद अधिवेशन बोलाइएको थियो । बजेटलगायत विषयमा संसद अधिवेशन सुरु हुन लागेको हो ।


Leave a Reply