बालेनको हारजितमा खसी बाजी राख्ने दुई युवक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा उठेका बालेन्द्र शाह ‘बालेन’को जित हारमा बाजी राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(५ का रमेश खड्का र विजय फुयाल रहेका छन्। उनीरुलाई खोटाङ प्रहरीले दिक्तेलबाट पक्राउ गरेको हो। उनीहरुले बाजी राख्दा गरेको तमसुकसमेत सार्वजनिक भएको थियो।

विजयले बालेनले जित्छन् भन्ने पक्षमा बाजी राखेका थिए भने त्यसको बालेनले जित्दैनन् भन्ने पक्षमा रमेशको बाजी थियो। रमेशले हारेको अवस्थामा उनले विजयलाई २८ केजीको खसी दिनुपर्ने र विजय हारेको अवस्थामा उनले रमेशलाई २८ केजी तौलको मुल्य तिर्नुपर्ने तमसुकमा उल्लेख थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *