युगान्डाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल, अस्मिनाको डेब्यु

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले टी–२० शृङखलाको पहिलो खेलमा युगान्डाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

घरेलु मैदानमा पहिलो पटक ऐतिहासिक शृङखला खेलिरहेको नेपाली महिला टोलीले यसअघि पहिलो पटक मलेसियासँग टी–२० शृङखला खेलेको थियो ।

यसै खेलबाट अस्मिना कर्माचार्यले राष्ट्रिय टोलीबाट डेब्यु गरेकी छिन् । उनलाई कप्तान रुविना क्षेत्रीले डेब्यु क्याप दिएकी थिइन् ।

केहिबेरमा सुरु हुने खेलका लागि नेपालको प्लेइङ–११

रुविान क्षेत्री(कप्तान), इन्दु वर्मा, ज्योति पाण्डे(विकेटकिपर), कविता कुँवर, अप्सरि वेगाम, कविता जोशी, डोलि भट्ट, सवनम राई, रोमा थापा, अस्मिना कर्माचार्य, विन्दु रावल

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *