लमजुङ । लमजुङको दूध पोखरी गाउँपालिमा नेपाली कांग्रेस विजयी भएको छ ।
कांग्रेस उम्मेदवार धनप्रसाद गुरुङ ३,०६५ मतका साथ विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार तेजबहादुर गुरुङलाई १,०४१ मतान्तरले पराजित गरेका हुन् ।
पराजित तेजबहादुर गुरुङले २,०२४ मत ल्याएका छन् ।
उपाध्यक्षमा गठबन्धनका माओवादी उम्मेदवार क्षेत्र बहादुर गुरुङ २५६८ मतसहित विजयी हुँदा एमालेकी कृष्णा गुरुङले १७७४ मत प्राप्त गरेकी छन् ।

Leave a Reply