काठमाडौं महानगरपालिका- वडा नम्बर १ बाट एमालेको विजयी सुरुआत

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेले वडाध्यक्ष जितेर विजयी सुरुआत गरेको छ ।

मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका भरतलाल श्रेष्ठ ६२२ मत प्राप्त गरी विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गरेका छन् । भरतलाल यसअघि पनि सोही वडाको अध्यक्ष थिए ।

यो वडाबाट मेयरमा स्वतन्त्र उम्मेदवरा बालेन साहले ७८३ मत ल्याएका छन् ।

एमालेले यहाँबाट मेयरमा ३६५ र कांग्रेसले ४५१ मत पाएको छ । राप्रपाले १ सय मत पाएको छ ।

Comments

2 responses to “काठमाडौं महानगरपालिका- वडा नम्बर १ बाट एमालेको विजयी सुरुआत”

  1. dhurwa Avatar
    dhurwa

    है हौ यो वार्डमा मतदाता चै कति छ है ? ७२२ मतलेनै वडा अध्यक्ष जितिने ?

  2. ksp pyl Avatar
    ksp pyl

    नैतिकता छ भने रामबिर राजिनामा देउ । चुनाव अघि, प्रकाशमानकाे घर गएर आएपछि टिभीमा बाेलेकाे हाेईन कि एमाले काठमाडाैंमा क्लिन स्विप हुन्छ भनेर ? टिकट आफूले नपाए पछि पूरै पार्टी र नेतृत्व विरूद्व बीस वमन ? वामदेवलाई ठाउँ छाेडिदिन्छु भनेर भाँडने तिमी नै हाै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *