काठमाडौं । बागलुङको तमानखोला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा बिजयी भएका छन् ।
मतगणनाको अन्तिम परिणाम अनुसार जोकलालले २७०७ मत मत प्राप्त गरी विजयी हुँदा माओवादी केन्द्रका देवबहादुर पुनले १९९५ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा पनि कांग्रेसकै हिराकुमारी छन्त्यालले २७६८ मतका साथ विजय हासिल गरेकी छन् । उपाध्यक्षमा माओवादीकी मिसु रसाइलीले १९५८ मत ल्याइन् ।

Leave a Reply