लुम्बिनी सांस्कृतिक नगरपालिकामा सिके राउतको पार्टी अगाडि

रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकामा ८ सय मतगणना हुदा मेयर पदमा सिके राउत नेतृत्वको जनमत पार्टी अग्रता लिएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १ मा ३ सय र वडा नम्बर २ मा ५ सय गरि ८ सय मत गणनामा जनमत पार्टीका उम्मेदवार चन्द्रकेश गुप्ताले २५६ मत ल्याउदै अग्रता कायम गरेका छन्।

जनमतलाई एमालेका उम्मेदवार रमाउती यादवले पछ्याइरहेकी छन्। एमालेकी उम्मेदवार यादवको १५५, लोकतान्त्रीक समाजवादी पार्टीका उम्मेदवार मनमोहन चौधरीले ९१ मत छ। उनी पूर्व मेयर समेत हुन्।

यस्तै नेपाली काङ्ग्रेसका उम्मेदवार सजरुद्दीन मुसलमानले ८६ र जनता समाजवादी पार्टीका उम्मेदवार अब्दुल मुवीनले ६० मत ल्याएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *