काठमाडौं । स्थानीय निर्वाचनको शुक्रवार भइरहेको मतदानअन्तर्गत बागमती प्रदेशका ६ जिल्लामा प्रहरीले हवाई फायरिङ गर्नु परेको छ ।
दोलखामा सबैभन्दा बढी २३ राउन्ड हवाई फायर भएको बागमती प्रदेश प्रहरी प्रमुख पूजा सिंहले जानकारी दिइन् ।
रामेछापमा १५, सिन्धुपाल्चोकमा ४, धादिङमा ३ तथा नुवाकोट र काभ्रेमा १र१ राउन्ड हवाई फायर भएको प्रहरीले जनाएको छ ।
डीआईजी सिंहका अनुसार रामेछापको खाँडादेवी गाउँपालिका-१ को मतदान मात्र स्थगित भएको र अन्य केही ठाउँमा स्थगितको सम्भावना रहेको छ ।

Leave a Reply