अपडेट : मतदाता बोकेको जीप दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका-१४ को अर्खलाबासमा जीप दुर्घटनामा परेको हो । ग २ च ३०२६ नम्बरको जीप दुर्घटनामा परेको १३ जनाको मृत्यु भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले नेपाल प्रेसलाई जानकारी दिए।

जीप वालिङ-१४ सिख्रेबाट मतदाता लिएर अर्खलाबासिस्थित मतदान केन्द्रमा आउँदै गर्दा दुर्घटना भएको हो ।

मृतक र घाइते सबै एउटै गाउँका हुन् ।

उनले भने, ‘दुखद घटना भयो । १३ जनाको मृत्यु पुष्टि भइसकेको छ। अन्य केही घाइतेलाई पोखरा रेफर गरिएको छ। विस्तृत विवरण आउन बाँकी छ।’

जिल्ला प्रहरी कार्यालय स्याङजाले ११ जना थप उपचारका लागि पोखरा पठाइएको प्रारम्भिक सूचना आएपनि घटनास्थल पुगेको टोली आएपछि मात्रै पूरा विवरण आउने जनाएको छ ।

जीप बाटोबाट करिब १ सय ५० मिटर तल खसेको थियो । कच्ची बाटोमा क्षमताभन्दा धेरै जना चढेको र बाटोबाट धेरै तल खसेकाले धेरै क्षति भएको हुनसक्ने स्थानीय चक्रपाणी डुम्रेले बताए ।

Comments

2 responses to “अपडेट : मतदाता बोकेको जीप दुर्घटना, १३ जनाको मृत्यु”

  1. rewati Bhattarai Avatar
    rewati Bhattarai

    जिपमा २२ जना यात्रु हाल्ने कुन जन्तु हो? त्यस्लाई र त्यसको पार्टिले यो जिम्मा लिनु पर्छ उचित क्षेतिपुर्ती दिनु पर्छ!!

    1. Puspa Avatar
      Puspa

      एउटै जिपमा 30 जना हो रे सबै !
      १३ जनाको मृत्यु पुष्टी, ११ जना रेफर, केहीको स्थिति अज्ञात होला।
      समवेदना भन्न पनि कस्तो असहज लाग्ने, अति त गर्नु हुन्न !

Leave a Reply

Your email address will not be published. Required fields are marked *