काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाह बिहानैबाट मतदानस्थल पुग्न थालेका छन् । मतदान सुरु नहुँदै उनी आज बिहान बसन्तपुर डबलीस्थित नवआदर्श विद्यालयमा पुगेका थिए ।
बिहान करिब साढे ६ बजे बालेन उक्त मतदानस्थलमा देखिएका हुन् । ७ बजेबाट मात्रै मतदान सुरु हुने भएकाले मतदाताहरु थोरै संख्यामा थिए । उनीहरुले बालेनसँग फोटो खिचाए ।

बालेनले आफै भने तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण मतदात केन्द्रमा मतदान गर्नेछन् ।


Leave a Reply