स्थानीय तहको निर्वाचन: मनोनयन दर्तापछि नगर उपप्रमुखसहित नौ जना उम्मेदवारको मृत्यु

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएकामध्येअहिलेसम्म नौ जनाको मृत्यु भएको छ ।

निर्वाचन आयोगको तथ्यांक अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरापालिका उप्रमुख, दुई जना वडा अध्यक्ष र बाँकी ६ जना विभिन्न क्षेत्रबाट सदस्यमा उम्मेदवारी दिएका व्यक्तिको मृत्यु भएको हो ।

आयोगका अनुसार महाराजगञ्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका शुभावती कुर्मीको मंगलबार मृत्यु भएको हो भने मंगलबार नै तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १७ मा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार लभरु चौधरीको मृत्यु भएको हो ।

यि दुई स्थानीय तहमा निर्वाचनको तीन अघि मात्रै मृत्यु भएका कारण उक्त नगरपालिका र वडामा जेठ ३ गतेका लागि निर्वाचन गर्ने आयोगले निर्णय गरिसकेको छ ।

ति बाहेक सुनसरीको हरिनगर गाँउपालिकामा नेपाली काँग्रेसको तर्फबाट वडा नम्बर ६ को दलित महिला सदस्य पदका उम्मेदवार मडुवादेवी चमारको वैशाख १४ गते, रौतहटको बृन्दावन नगरपालिकामा जनता समाजवादी पार्टीको तर्फबाट वडा नम्बर ५ को महिला सदस्यका उम्मेदवार मिना देवीको वैशाख १६ गते मृत्यु भएको हो ।

यस्तै मोरङको केरावारी गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट वडा नम्बर दुईको वडा सदस्यका उम्मेदवार नबिन लिम्बुको वैशाख १६ गते, कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा नेकपा एमालेबाट वडा नम्बर आठका वडा अध्यक्षका उम्मेदवारको वैशाखा १६ गते, रुपन्देहीको मर्चवारी गाउँपालिकामा नेकपा एमालेकै तर्फबाट वडा नम्बर तीनको दलित महिला सदस्यका उम्मेदवार कुसुमी पासिनको वैशाख १७ गते मृत्यु भएको थियोे ।

कपिलवस्तुकै कपिलवस्तु नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडा नम्बर १० को वडा सदस्यमा उम्मेदवारी दिएका राजेन्द्रप्रसाद चौधरीको वैशाख २३ गते र सिरहारको सिरहा नगरपालिकामा नेकपा एमालेको तर्पबाट वडा नम्बर पाँचको वडा सदस्यका उम्मेदवार मुना सेखको वैशाख २३ गते नै मृत्यु भएको हो ।

यि सबै वडामा निर्वाचन कार्यक्रम संशोधन गरिए पनि वैशाख ३० गते नै निर्वाचन हुने भएको छ ।                     

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *