मतदाता परिचयपत्र नभएकाहरूले यी कागजात भए दिन सक्छन् मत

काठमाडौं । मतदाता परिचयपत्र नभएका मतदाताहरूले पनि स्थानीय तह निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

मतदाता नामावलीमा नाम समावेश भएर निर्वाचनले आयोगले प्रकाशन गरेको सूचीमा समावेश भएकाहरूले नागरिकता लगायतका कागजात देखाएर मात्रै पनि मतदान गर्न पाउने भएका हुन् ।

निर्वाचन आयोगका अनुसार आयोगले प्रकाशन गरेको अन्तिम नामावलीमा नाम समावेश भएका तर परिचय पत्र नभएकाहरूको हकमा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाणपुर्जाको सक्कल प्रमाणपत्रका आधारमा मत दिन पाउने भएका हुन् ।

मतदान अधिकृतले माथि उल्लेखित प्रमाण र आयोगको अन्तिम नामावली विवरण भिडाएर एकीन गरेपछि मत दिन पाउने व्यवस्था गर्ने आयोगले जनाएको छ । अधिकृतहरूलाई सोही अनुसार निर्देशन दिइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *