कर्णाली प्रदेश अस्पताल आइतबार बन्द नहुने

दैलेख । नेपाल सरकारले जेठ एक गते देखि लागु हुने गरी देशै भरका सरकारी कार्यालयहरूमा शनिवार र आइतबार बिदा दिने निर्णय गरेको भए पनि कर्णाली प्रदेश अस्पताल भने आइतबार बन्द नहुने भएको हो ।

प्रदेश अस्पताल काला गाउँका निर्देशक डा. डम्बर खड्काले आज एक विज्ञप्ति जारी गर्दै लगातार दुई दिन ओपिडी सेवा बन्द हुने अवस्था भएको बताउँदै त्यस्तो गर्दा कर्णालीका नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्न समस्या हुने देखिएकोले यस्तो निर्णय गरिएको हो ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूबाट स्वास्थ्य सेवा लिन आउने गरिब, निमुखा बिरामीहरूलाई दुई दिन अस्पताल बन्द हुँदा थप आर्थिक भार पर्ने देखिएको छ ।

निर्देशक डा. खड्काले भने, ती बिरामीको स्वास्थ्य र अवस्थालाई मध्यनजर गर्दै हामीले जेठ एक गतेदेखि हरेक आइतबार बिहान नौ बजेदेखि अपराह्न चार बजेसम्म यथावत् सेवा सञ्चालन गर्ने भएका हौँ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *