काठमाडौं । इञ्जिनमा समस्या आएपछि श्री एयरलाइन्सको विमान काठमाडौंमा आकस्मिक अवतरण गरिएको छ ।
काठमाडौंबाट धनगढीको लागि उडेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको हो ।
८० जना यात्रुसहित धनगढी गएको उक्त विमानको बायाँ इञ्जिनमा समस्या आएपछि काठमाडौंमै फर्काएर आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
श्री एयरलाइन्सका अनुसार विमानकाे इन्डिकेटरमा समस्या देखिएपछि काठमाडाैं फर्काइएकाे थियाे । उक्त विमान धनगढीकाे लागि बिहान ११ः४८ बजे उडेकाे थियाे ।
विमान उडेकाे १९ मिनेटपछि अपराह्न १२ः०७ बजे त्रिभुवन विमानस्थलमा सुरिक्षत रुपमा आकस्मिक अवतरण गरिएकाे श्री एयरलाइन्सले जनाएकाे छ ।

Leave a Reply