जब माधव नेपालले चुनावी सभाको अन्तिम दिन सूर्यमा भोट मागे (भिडिओ)

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको छ ।

पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गरेको समाजवादीले ललितपुरको महालक्ष्मी नगरपालिकामा भने एक्लै लडेको छ ।

मंगलवार समाजवादीको अन्तिम चुनावी सभामा ललितपुरको महालक्ष्मी नगरपालिकाको लुबुमा थियो । जहाँ अध्यक्ष नेपालले सम्बोधन गरे । सम्बोधन गर्दै गर्दा उनले आफ्ना उम्मेदवारलाई सूर्यमा मतदान गरेर जिताउन आग्रह गरे ।

उनले भने, ‘हाम्रो उम्मेदवारहरुलाई सूर्यमा मात्रै छाप लगाउँदै जाने हो मेयरमा…(कार्यकर्ताले रोकेपछि )सूर्यलाई उहिले पनि मैले नै ल्याएको हो । सूर्यलाई अस्वीकार गरेर कलममा चिह्न लगाएर सबै हाम्रो उम्मेदवार जिताउनका लागि….’

यसअघि लामो समय नेकपा एमालेमा रहेका नेपाललाई विगतको सम्झना आएको हुनसक्छ । जसले गर्दा कमल चिन्हमा मत माग्नुपर्नेमा उनले सूर्य चिह्नमा मत मागेका थिए ।

सूर्यमा मत माग्दै गरेका नेपाललाई उनका कार्यकर्ताले रोकेर कलम चिन्हमा मत माग्न अनुरोध गरे । त्यसपछि पनि उनी एकछिन अकमक्किए ।

एक छिन अलमल्ल एका नेपालले पछि सूर्यलाई पराजित गर्न कलम चिन्हमा मतदान गर्न आग्रह गरे ।

 

Comments

2 responses to “जब माधव नेपालले चुनावी सभाको अन्तिम दिन सूर्यमा भोट मागे (भिडिओ)”

  1. कमलीकान्त भेटुवाल, लोकगायक Avatar
    कमलीकान्त भेटुवाल, लोकगायक

    अन्तिममा आमा भनेछन। राम्रै भो। जय नेकपा एमाले। सुर्य आमा हुन्। हे हे अतीत हूँदा आमा ( सुर्य) को काखमा ! ठूलो भएँ कुन डाँडा पाखामा, सुर्यको भारा! कैले तिर्न सक्छु आमा खाछु दशधारा।

  2. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    नेकपा एमालेको जीतको संकेत हो देउवा प्रचण्ड र माधवकुमार ले हरेस खाएको देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *