काठमाडौंका नेवारी बस्तीमा केशव स्थापित र सुनिता डंगोललाई पछ्याउँदा… (भिडिओ)

काठमाडौं । नेपाल प्रेसले देशका महानगरपालिकाहरूमा भइरहेको चुनावी गतिविधिको अनुगमन गर्ने क्रममा प्रमुख प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछ्याउँदै सुरु गरेको के छ माहोलको पाँचै शृङ्खलामा आज हामीले काठमाडौं महानगरपालिकाका एमालेका उम्मेदवारलाई पछ्याएका छौँ ।

एमाले उम्मेदवार केशव स्थापित र सुनिता डंगोललाई काठमाडौंका भित्री सहर र नेवाः बस्तीमा पछ्याउने क्रममा उनीहरूको पछिपछि ठूलो भीड थियो ।

स्थानीयले दुवै उम्मेदवारलाई स्वागत गरेका थिए । विशेषगर स्थापित र सुनितासँग सेल्फी खिच्ने युवाहरूको पंक्ति अझ ठूलो थियो ।

दुवै उम्मेदवारसँग र मतदातासँग पनि गरेको कुराकानीसहितको यो भिडिओ रिपोर्ट हेर्नुस् ।

भिडिओ : उमेश कार्की

Comments

One response to “काठमाडौंका नेवारी बस्तीमा केशव स्थापित र सुनिता डंगोललाई पछ्याउँदा… (भिडिओ)”

  1. कमलीकान्त भेटुवाल,लोकगायक Avatar
    कमलीकान्त भेटुवाल,लोकगायक

    आदरणीय केशव स्थापित र काठमाण्डौ महानगरपालिका पर्यायवाची नाम हो। मन्दिरै मन्दिरको शहरलाइ विश्वले थाहापाउने गरि सफा हराभरा सुसँस्कृत अनि विकसित सभ्य शहर बन्ने खब निश्चित भएको छ। जय केशव जय स्थापित। उहाँजस्तो भिजनरि किङ् मेयरलाइ सदैव हार्दिक उच्च सम्मान। यति गहकिलो भिडियो न्युज सम्प्रेषण गर्नुहुने पत्रकार दिपक पौडेल सरप्रति नमस्कार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *