चितवन । देशभरि चुनावी सभामा सहभागी हुन विभिन्न दलका शीर्ष नेताहरूले देश दौडाहामा रहेका छन् ।
गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू पूर्व निर्धारित कार्यक्रमअनुसार देशभरिका सभामा सहभागी भइरहेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार एकै दिन तीन वटा कार्यक्रमलाई सम्बोधन गरे । बिहानै राजधानीमा पत्रकार सम्मेलन गरेका ओली दिउँसो बुटवल पुगे । बुटवलबाट चितवनको भेलामा सहभागी हुन उनी हेलिबाट त्यहाँ पुगेका छन् ।

तस्बिर : उमेश कार्की

Leave a Reply