गठबन्धनलाई जिताउँन विज्ञप्ति जारी गर्ने पत्रकार संगठनसँग आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । एमालेविरुद्ध मतदान गर्न आह्वानसहित वक्तव्य जारी गर्ने गठबन्धन दलआबद्ध पत्रकार संगठनका अध्यक्षहरूलाई निर्वाचन आयोगले २४ घण्टे लिखित स्पष्टीकरण मागेको छ ।

आयोगले अमुक गठबन्धनका पक्षमा उभिने विषयले प्रेस स्वतन्त्रता कुण्ठित हुन्छ कि हुँदन ? पत्रकारिताको क्षेत्र र राजनीतक क्षेत्र भिन्न हो कि होइन ? भन्दै २४ घण्टाभित्र विज्ञप्ति हटाएर सोही समयभित्र लिखित जवाफ पेस गर्न पत्र काटेको छ ।

यो पनि पढ्नुस् : एमालेको विपक्षमा मतदान गर्न गठबन्धन पक्षधर पत्रकारहरुको आह्वान

शनिबार कांग्रेसनिकट नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, माओवादीनिकट प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा, नेकपा एसनिकट समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठसहितले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

उनीहरूले एमालेले जितेमा मुलुक दुर्घटनामा पर्ने भन्दै गठबन्धनलाई जिताउन विज्ञप्ति जारी गरेकोमा पत्रकारहरूले नै आलोचना गरेका छन् । प्रेस युनियनका पूर्वअध्यक्षहरूले वक्तव्य नै जारी गरेर पेशागत मर्यादा नाघेकोमा आपत्ति जनाएका थिए ।

Comments

One response to “गठबन्धनलाई जिताउँन विज्ञप्ति जारी गर्ने पत्रकार संगठनसँग आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण”

  1. ksp pyl Avatar
    ksp pyl

    पत्रकारकाे नाम बेचेर दलकाे भराैटे बन्नेकाे पत्रकारकाे परिचयपत्र र लाईसेन्स खाेसिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *