एजेण्डाविहीन कांग्रेसको औचित्य छैन, एमालेको विजय जुलुसमा भेटौँला : घनश्याम भुसाल

रुपन्देही । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री घनश्याम भुसालले नेपाली कांग्रेस एजेण्डा हराएको पार्टी भएको बताएका छन् ।

‘यति लामो इतिहास भएको पार्टीसँग कुनै आफ्ना एजेण्डा छैनन्, आफ्ना दीर्घकालीन योजना छैनन् अनि गठबन्धनका साथ निर्वाचन जित्ने योजना लिएर मत माग्न जान बाध्य भएको छ’ बुटवलमा आयोजना भएको जनसभामा बोल्दै उनले भने ।

नेताले भुसालले नेपालमा समाजवाद ल्याउन, विकास र समृद्धिका लागि एमालेको पूर्ण बहुमत आवश्यक रहेको बताए ।

‘नेपालको समृद्धिका लागि एमालेको नेतृत्व अपरिहार्य छ, अहिले एमालेविरुद्ध सबै शक्तिले मुट्ठी कसेका छन्, त्यहीका कारणले पनि एमालेका आस्थावान्हरू एकजुट हुनुको विकल्प छैन’, उनले भने, ‘संविधानको रक्षाका लागि, विकासको समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक छ ।’

नेता भुसालले नेकपा एमालेले जित्नुको मुख्य आधार कार्यकर्ताको एकता नै रहेको बताए ।

एमालेले पछिल्ला दशकमा जितेका क्षेत्र र पालिकामा विकासका नमुनायोग्य काम भएको उनले बताए ।

भुसालले भने, ‘अहिलेसम्म विकासका पूर्वाधार तयार भएका छन्, शिक्षा र स्वास्थ्यमा धेरै काम सुरु भएका छन् अब कृषिका आधुनिकीकरण र प्रविधिकरणलाई एमालेले नेतृत्व गर्दछ, केही सुरु भएका विशेष योजना पूरा गर्नका लागि त्यसको नेतृत्व एमालेलाई चाहिएको हो ।, देशव्यापी जनलहर छ, गठबन्धनले कहीँ गर्नेवाला छैन, हामीलाई बनाउन, एकजुट बनाउन यो गठबन्धनले सहयोग गरेको छ, विगतको भन्दा धेरै क्षेत्रमा हामी जितेर विजय जुलुसमा मनाउन तयार भएर बसौँ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *