विजयकुमारको आँकलनः काठमाडौंमा सिर्जना सिंहको स्थिति निर्णायक रुपमा मजबुत

काठमाडौं । चुनावी माहोल उत्कर्षमा पुग्दै गर्दा अरुबेला तटस्थ भूमिकामा रहने पत्रकारहरु पनि विस्तारै पक्षधरता देखाउन थालेका छन् । कसैले प्रत्यक्ष रुपमा त कसैले परोक्ष रुपमा सामाजिक सञ्जालमार्फत आफ्नो मत प्रकट गर्ने क्रम बढेको छ ।

यसै सिलसिलामा वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले फेसबुक/ट्विटरमार्फत काठमाडौं महानगरको चुनावी माहोलबारे आफ्नो विचार सार्वजनिक गरेका छन् । काठमाडौंमा कांग्रेस उम्मेदवार सिर्जना सिंहको पक्षमा माहोल बनेको उनको आँकलन छ ।

एक महिलाले सिर्जना सिंहलाई आशीर्वाद दिइरहेको तस्वीरसहित पाण्डेले लेखेका छन्, ‘पछिल्ला केही दिनमा सिर्जना सिंहले आफ्नाे स्थिति निर्णायक रुपमा मजबुत बनाएको देखिन्छ ।’

पाण्डेले चुनावका फैसला अब मिडिया र सञ्जालबाट मतपेटिकामा पुगेको उल्लेख गरेका छन् । स्वतन्त्र उम्मेदवार बालेनको पक्षमा सामाजिक सञ्जालमा देखिएको समर्थनलाई लक्षित गर्दै उनले नेपालमा मिडिया वा सोसल मिडिया र मतपेटिकाबीच ठूलै खाडल हुनसक्ने पनि टिप्पणी गरेका छन् ।

Comments

3 responses to “विजयकुमारको आँकलनः काठमाडौंमा सिर्जना सिंहको स्थिति निर्णायक रुपमा मजबुत”

  1. ksp pyl Avatar
    ksp pyl

    यी पनि पत्रकारकाे खाेलमा काँग्रेसकाे दलालीतिर लागेछन् । काेठामा बसेर पत्रिका पढेकाे भरमा कसकाे माहाेल बन्याे थाहा हुन्छ ?

  2. Modanath khanal Avatar
    Modanath khanal

    सही मूल्यांकन ।

  3. RAJKUMAR SHRESTHA Avatar
    RAJKUMAR SHRESTHA

    🇳🇵🌳🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *