भीम रावल भन्छन्: कांग्रेसलाई भोट हाल्ने सच्चा कम्युनिस्ट होइनन्

काठमाडौं । नेकपा (एमाले) नेता भीम रावलले सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन् । स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्‍ने अनि दक्षिणपन्थी भन्दै आएको कांग्रेससँग कुन आधारमा एकता भएको भनेर प्रश्न गरे ।

उनले सत्ता स्वार्थका लागि कांग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको धोका भएको उनले जिकिर गरे ।सच्चा कम्युनिस्ट पार्टीले कांग्रेसलाई भोट हाल्न नसक्ने उनले बताए ।

रावलले एमालेबाट बनेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्‍न आग्रह गरे । एमालेका उम्मेदवार विजयी भए मात्रै देशमा विकास निमार्णका कार्यले तीब्रता पाउने एमालेबाट बनेका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे ।

Comments

One response to “भीम रावल भन्छन्: कांग्रेसलाई भोट हाल्ने सच्चा कम्युनिस्ट होइनन्”

  1. shojho keto Avatar

    खुल्कियो !! आफु कांग्रेसका नेता देउवालाई नै प्रधानमन्त्री बनाउन अदालत सम्म धाउने अनि न. स. स. को पदमा उठेका कांग्रेसलाई भोट हाल्दा चै कम्युनिष्ट होइन्न रे ! जे बोल्दा पनि हुने ?पहिले आफुले गरेको त्यो कालो कर्तुतको लागि क्षमा याचना गर्नोस अनि एमाले उमेदवारको लागि भोट मांग्नोस । अन्यथा अहिलेकै अवस्थामा तपांईले मांगेको भोटको उल्टो असर पर्ने निश्चित छ र फेरि पनि एमालेलाई हराउने अभियानमा लागेको ठहर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *