सुनसरी र मोरङमा एकैदिन चारवटा आमसभालाई सम्बोधन गर्न ओली विराटनगर आउँदै

विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज विराटनगर आउने भएको छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओली सुनसरी र मोरङका विभिन्न चारवटा चुनावी सभा र भेलालाई सम्बोधन गर्न विराटनगर आउन लागेका हुन् ।

एमालेका केन्द्रीय सदस्य विनोद ढकालका अनुसार विहान १० बजेको उडानबाट विरानटगर आउने अध्यक्ष ओलीले सुनसरीको धरान र इटहरी उपमहानगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सुनसरीबाट विराटनगरमा आउने ओलीले यहाँस्थित जैनभवनमा आयोजना हुने चुनावी भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओली विराटनगरको भेलालाई सम्बोधन गरी मोरङकै सुन्दरहरैचामा हुने कार्यक्रमलाई सम्बोधन गर्न जानेछन् ।

ढकालका अनुसार छुट्टाछुट्टै चार स्थानमा चुनावी सभालाई सम्बोधन गरी आजै साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

Comments

One response to “सुनसरी र मोरङमा एकैदिन चारवटा आमसभालाई सम्बोधन गर्न ओली विराटनगर आउँदै”

  1. ksp pyl Avatar
    ksp pyl

    एउटा वृद्व मान्छे, धेरै राेगकाे उपचार गराईरहनुपर्ने मान्छे देश बनाउने दृढ संकल्प सहित यति धेरै खटेकाे देख्दा आँखाबाट आँसु आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *