कञ्चन र सुदर्शनलाई विप्लवको काउण्टर, दुई जना केन्द्रीय सदस्य पार्टीबाट निलम्बित

काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको संस्थापन पक्षले असन्तुष्ट पक्षका दुई जना केन्द्रीय सदस्यलाई पार्टीबाट निलम्बन गरेको छ ।

नेकपाको असन्तुष्ट पक्षको चितवनमा आजबाट सुरु भएको राष्ट्रिय भेलाले पार्टी महासचिव ‘विप्लव’लाई महासचिवबाट निष्कासित गरेकै दिन संस्थापन पक्षले पार्टीका केन्द्रीय सदस्य उदय चलाउने ‘दिपक’ र गुणराज लोहनीलाई पार्टीबाट निलम्बन गरेको हो ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक विज्ञप्ती जारी गर्दै केन्द्रीय चलाउने र लोहनीलाई निलम्बन गरिएको जानकारी गराएका हुन् ।

‘पार्टी भित्र गुटबन्दी गरेर पार्टी फुटाउने, जनक्रान्तिलाई बिसर्जन गर्ने, पार्टीको नयाँ ढंगले स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिका विरुद्ध अफवाह फैलाउने, पार्टी नेतृत्वको विरुद्ध विष बमन गर्ने अन्ततः पार्टी, एकीकृत जनकान्ति, पार्टी पद्दति र अनुशासन विरुद्ध अक्षम्य गल्ती गरेका कारण केन्द्रीय सदस्य क.दिपक चलाउने र क.गुणराज लोहनीलाई पार्टी केन्द्रीय समितिको सचिवालयको बैठकको निर्णयले पार्टी जिम्मेवारीबाट मुक्त गरि निलम्बन गरेको छ ।’ जारी विज्ञप्तीमा भनिएको छ । 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *