मानवअधिकार उल्लंघनका आरोपीलाई आईजीपी बनाएको आयोगका सदस्य ठाकुरको दावी

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले मानव अधिकार उल्लंघनका दोषीलाई सरकारकाले नेपाल प्रहरीको आईजीपीमा नियुक्त गरेको आरोप लगाएका छन् । आयोगमा बुधवार आयोजित पत्रकार सम्मेलनमा सदस्य ठाकुरले आईजीपी धिरजप्रताप सिंह मानवअधिकार उल्लंघनका आरोपी रहेको दावी गरे ।

उनले मानव अधिकार उल्लंघनका आरोपीलाई आईजीपी नियुक्त गरिनु राज्यसत्ताको दुरुपयोग हुने समेत बताएका छन् । उनले आईजीपी सिंहमाथि मानवअधिकार उल्लंघननको आरोपमा अनुसन्धान भइरहेको समेत बताए ।

Comments

One response to “मानवअधिकार उल्लंघनका आरोपीलाई आईजीपी बनाएको आयोगका सदस्य ठाकुरको दावी”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    प्रधानन्यायाधीश लाई २ पटक माहाअभियोग शेरबहादुर र प्रचण्डले लगाए पटकपटक राम्राे लाई होइन आफ्नोे लाई नियुक्ति बिधि बिधान मिचेर राज्य आतंक फैलाएका छन् अर्थतन्त्र तहसनहस बनाएका छन देशलाई श्रीलंका को हविगत बनाउने भए हे नेपालका देवी देवता यीनीहरूलाई डण्ड दिनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *