तीर्थयात्री बोकेर भारततर्फ जाँदै गरेको बस टाटा सुमोसँग ठोक्कियो, ५ जनाको मृत्यु

काठमाडौं । तीर्थ यात्रु बोकेर काठमाडौंबाट भारत जाँदै गरेको बस र सिन्धुलीबाट काठमडौंतर्फ आइरहेको टाटा सुमो ठोक्किँदा एक बच्चासहित पाँच जनाको मृत्यु भएको छ ।

काभ्रेको रोशी गाउँपालिका ११ मा भएको उक्त दुर्घटनामा एक बच्चासहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले बताए ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० वर्षका बिक्रम श्रेष्ठ, खाडादेवी गाउँपालिका ३ रामेछापकी सम्झना भुसाल, उनका ६ वर्षीय छोरा संगीत भुसाल, सुनकोशी गाउँपालिका १ सिन्धुलीका ४४ वर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका ४ सिन्धुलीका हरिवहादुर बल रहेका छन् ।

दुर्घटनामा घाइते भएका १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *