गोरखा । गोरखामा जन्ती सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
सोमबार साँझ सिरानचोक गाऊँपालिका ४ आरुबोटेमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप साँझ आरुबोटेको फिरफिरे भीरबाट करीव २ सय मिटर तल खसेको हो ।
चितवनबाट आएका जन्ती फर्कने क्रममा जीप दुर्घटना भएको प्रहरीको भनाइ छ ।
मृतकको सनाखत भने भईनसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply