हेटौँडा । मकवानपुरमा डोजर दुर्घटना हुँदा तीन जना चिनियाँ नागरिकको मृत्यु गएको छ ।
मकवानपुरको मकवानपुर गढी १ घट्टे पाखा स्थित काठमाण्डौँ–तराई द्रुतमार्ग निर्माण स्थलमा माटो फाल्ने क्रममा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृतकको शव हेटौँडा अस्पताल ल्याइएको मकवानपुरका प्रहरी प्रमुख (एसपी) सुरेन्द्रबहादुर गुरुङले बताए ।
दुर्घटनामा थप तीन जना घाइते भएको र उनीहरूको हेटौँडामा उपचार भइरहेको उनको भनाई छ ।

Leave a Reply