काठमाडौं । यू–१९ महिला विश्वकप छनोटको लागि १८ खेलाडी दोस्रो चरणको बन्द प्रशिक्षणका लागि छानिएका छन् ।
दक्षिण अफ्रिकामा २०३२मा पहिलो पटक आयोजना हुन लागेको महिला विश्वकपका लागि एसियन रिजनको छनोट आगामी जुनमा मलेसियामा हुँदैछ ।
पहिलो चरणमा ४४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको नेपाल क्रिकेट संघ (क्यानले) दोस्रो चरणको प्रशिक्षणका लागि १८ खेलाडीलाई बोलाएको हो ।
पहिलो चरणको प्रशिक्षण पोखरामा भएको थियो ।
एसिया रिजन छनोटमा नेपाल सहित मलेसिया, युनाइटेड अरब इमिरेट्स (युएई), थाइल्यान्ड, चिन, भुटान, म्यानमार र कतारले प्रतिस्पर्धा गर्नेछन् ।
शीर्ष स्थानको टोलीले विश्वकपमा स्थान बनाउनेछ ।
छनोट भएका १८ खेलाडी
किरण कुँवर, सोनु राजवंंशी, टिका शाह, सृष्टि धामी,सावित्री धामी, अलिसा यादव, रन्जु श्रेष्ठ, अन्जली वि.क., हिरानमायी रोय, अलिसा कडरिया, कृतिका मरासैनि, मिनिसा उपाध्याय, स्नेहा महरा, निशा शाह, मनीषा राना मगर, प्रतिमा शाह, ज्योतिस्का मरासैनी, मनीषा चौधरी

Leave a Reply