वैदेशिक रोजगारीका लागि युरोपेली राष्ट्र सर्विया पनि खुला

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि नयाँ गन्तव्य खुला गरेको छ ।

अब वैदेशिक रोजगारीका लागि युरोपेली राष्ट्र सर्विया जान पाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो ।

केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार ऐन २०६४ को दफा ३ को उपदफा तीन बमोजिम सर्वियामा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै अब सर्वियामा पनि वैदेशिक रोजगार व्यवसाय गर्न पाउने निर्णय भएको जानकारी गराएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३ को उपदफा एकले दिएको अधिकार प्रयोग गरी सर्वियामा श्रमका लागि खुल्ला भएको मन्त्रालयले जनाएको छ ।

यसअघि सरकारले संस्थागत रूपमा एक सय १० वटा देश वैदेशिक रोजगारीका लागि खुला गरेको थियो ।

व्यक्तिगत रूपमा जानमा लागि भने यस अघि नै खुला भए पनि संस्थागत रूपमा भने पहिलो पटक खुला भएको हो ।

वैदेशिक रोजगारीका लागि यो नै पहिलो युरोपेली राष्ट्र भएको र सर्वियाले कस्ता नेपाली कामदार लैजान्छ भन्ने विस्तृत जानकारी उताबाट माग आएपछि मात्र थप प्रस्ट हुने मन्त्रालयले जनाएको छ।

योसँगै नेपालबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर नेपाली कामदार संस्थागत रूपमा एक सय ११ देश जान पाउने छन् । तर एक सय ११ देशमा अफगानिस्तान, लिबिया र इराक भने अहिले प्रतिबन्धित देश अन्तर्गत पर्छन् ।

Comments

One response to “वैदेशिक रोजगारीका लागि युरोपेली राष्ट्र सर्विया पनि खुला”

  1. ANJALI TAMANG Avatar

    यो देशको लागि आफैले ऐपलाई गर्न मिल्छ कि मिल्दैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *