आईजीपी नियुक्तिमा वरीयता मिचिएपछि दुई सिनियर एआईजी अदालत जाँदै

काठमाडौं । सरकारले १६ महिना जुनियर एआईजीलाई आईजीपी बनाएपछि सिनियर एआईजीहरू अदालत जाने भएका छन् । मन्त्रिपरिषद्को आइतबारको बैठकले धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

सिनियर एआईजीहरू विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत जाने तयारीका साथ परामर्शमा जुटेका हुन् ।

अदालत खुल्नेबित्तिकै सरकारको निर्णय कार्यान्वयन नगर्न र आफूहरुलाई आईजीपी नियुक्त गर्न माग गर्दै रिट दर्ता गर्ने तयारीमा रहेको एक एआईजीले नेपाल प्रेसलाई बताए ।

सिंह गत महिना मात्र एआईजीमा बढुवा भएका थिए । २०७७ मंसिरमा एआईजी भएका विश्वराज पोखरेल र २०७८ असारमा एआईजी भएका सहकुल थापालाई जिल्याउँदै सरकारले सिंहलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *