काठमाडौं । मेयरको उम्मेदवार बन्न अधिकृतबाट राजीनामा दिएका कञ्चनराज गिरीले पुतली चुनाव चिह्न पाएका छन् ।
उनी बनेपा नगरमा मेयरको स्वतन्त्र उम्मेदवार हुन् ।
निर्वाचन आयोगले शनिवार चुनाव चिह्न दिएको हो ।
गिरीले बनेपाको मेयर बन्न काली गण्डकी ‘ए’को प्रशासन प्रमुखबाट राजीनामा दिएका थिए ।
उनले २२ औँ पटकमा लोकसेवामा नाम निकालेका थिए । जागिर खाएको ५ महिना पनि नबित्दै गिरीले राजीनामा दिएका थिए ।

Leave a Reply