सेना मात्र हैन डल्फिनलाई पनि युद्धमा उतार्दै छ रुस

काठमाडौं । विगत २ महिना देखी युक्रेनमा लगातार हमला गरिरहेको रुसले आफ्ना सेना मात्र नभएर डल्फिनलाई पनि युद्धमा उतारेको छ ।

रिपोर्टका अनुसार रुसले डल्फिनलाई सैन्य तालिम दिएर ब्ल्याक सी मा अवस्थित सैनिक अड्डाको जासुसीको लागि प्रयोग गरेको छ ।

अमेरिकाको युएस नेवल इन्स्टीचुटले निगरानीको लागि तैनाथ गराइएका डल्फिनको स्याटलाइट तस्बिर सार्वजनिक गर्दै यस कुराको खुलासा गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जानकारी गराए अनुसार रुसी नौसेनाले सेभास्टोपोल बन्दरगाहको प्रवेशद्वारमा डल्फिन राखेको छ । सेभास्टोपोलको बन्दरगाह क्रिमियन प्रायद्वीपको दक्षिणी छेउमा अवस्थित छ जुन रुसले २००४ मा कब्जा गरेको थियो ।

फेब्रुअरीमा युक्रेनमा आक्रमणको सुरुमा, रुसले डल्फिनका दुई बटालियनहरूलाई आफ्नो नौ सैनिक आधारमा सारेको बताइएको छ ।

जानकारीका अनुसार सैन्य तालिम लिएका यी डल्फिनले रुसी नौसेना बेसको प्रवेश बिन्दुको निगरानी गर्छन्। यस बिन्दुबाट कुनै पनि जहाज, पनडुब्बी वा युद्ध पोत रसिया प्रवेश गर्न सक्ने भएकाले डल्फिनको सुरक्षालाई रुसले अत्यधिक महत्त्वका साथ लिने गर्छ ।

डल्फिनले पानी भित्र दुस्मनको आवाज र दुरीलाई मापन गर्न सक्छन् । रुसी सेनाले यस्तो प्रविधि विकास गरेको छ, जसको सहायताले डल्फिनको चाललाई संकेतमा परिणत गरिदिन्छ र सोही संकेतको आधारमा सेनाले दुस्मनको जानकारी प्राप्त गर्छन् ।

डल्फिनलाई तालिम दिने रुस मात्र एक्लो राष्ट्र भने होइन । अमेरिका र युक्रेनले पनि पहिला डल्फिनलाई सैन्य तालिम दिने गरेको बताइन्छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम द गार्डियनका अनुसार सोभियत संघको बेलामा युक्रेनले पनि डल्फिनलाई सैन्य तालिम दिने गर्थ्यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *