भरतपुरमा फिर्ता भएन जगन्नाथको उम्मेदवारी, उनीसँगै को को भए कांग्रेसबाट निष्कासन ?

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले आफ्नो उम्मेदवारी कायमै राखेका छन् । आज ५ बजेसम्म उम्मेदवारी फिर्ताका लागि निर्धारित समयमा पौडेलले उम्मेदवारी फिर्ता लिएनन् ।

नेकपा माओवादी केन्द्रलाई भरतपुरको मेयरमा सघाउने पार्टी निर्णयको विरुद्धमा पौडेलले ‘बागी’ उम्मेदवारी दिएका थिए । कांग्रेसको विधान अनुसार अब पौडेलसहित प्रस्ताव र समर्थक कांग्रेसबाट स्वतः निष्कासित भएका छन् ।

कांग्रेस विधानको दफा ४ को १३ को ग अनुसार पौडेलसहित प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेल कांग्रेसबाट स्वतः निष्कासित भएका हुन् ।

कांग्रेसले आजै विज्ञप्ति जारी गरेर ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिने स्वतन्त्र उम्मेदवारहरु साधारण सदस्यसमेत नरहने गरी निष्कासन हुने चेतावनी दिएको थियो ।

भरतपुर महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेल राष्ट्रियसभाका पूर्वसदस्य हुन् । उनका प्रस्तावक सापकोटा चितवन कांग्रेसका पूर्वसभापति हुन् भने समर्थक खरेल महासमिति सदस्य हुन् ।

Comments

14 responses to “भरतपुरमा फिर्ता भएन जगन्नाथको उम्मेदवारी, उनीसँगै को को भए कांग्रेसबाट निष्कासन ?”

  1. ksp pyl Avatar
    ksp pyl

    काँग्रेसले देउवालाई कारवाही गर्नुपर्छ किनकी उनी पदबेचुवा निश्किए ।

  2. शेरेको बाउ Avatar
    शेरेको बाउ

    भरत्पुर बासी लोकतान्त्रिक शक्ति ले जगान्नथ दाइ लाई भोट दिइ जिताउनु।
    शेरे को हैकम तोड्नुपर्छ।

  3. Nar bahadur rawot Avatar
    Nar bahadur rawot

    Good good yasta pataki party hit nachanelai hadai sammako aajiban congreshma nahune gari karbahi hos jay nepal gaddar hun paudel ra unka samarthakdaya gaddarlai party bata matrai hoina jantale party hit namannelai ab lakhetnu parx j pani garna milxa party sidanta namanne nepaliko man nai hunna.

    1. पुर्णिमा गौतम Avatar
      पुर्णिमा गौतम

      जसले जे भने पनि आखिरमा फाइदा एमालेलाई नै हो। भरतपुर महानगरपालिकाको बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले एमालेबाट अकुत पैसा लिएको हुनुपर्छ। नत्रभने पार्टीबाट निष्काशन र चुनाव चिन्ह पनि रुख नै नपाउने भएपछि चनावमा उठ्नुको औचित्य के छ त? काँग्रेसको झण्डा बोक्दै भुईंकटहर चिन्ह लिएर चुनावमा भाग लिनु भनेको अन्तिममा गएर हार ब्यहोर्नु नै हो।
      उनको हारले गठबन्धन पक्षको मतलाई कम्जोर बनाउने र मुख्य प्रतिस्पर्धी एमालेलाई बिजयको मुखमा पुर्याउनु नै हो।

  4. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    यो हो नि टाउकाको मुल्य र मुक्ति अधिकारी को कांग्रेस भएर मर्नुको प्रतिफल ।

  5. phalendra Avatar
    phalendra

    स्वार्थका लागि आफ्नो ईमानदार कार्यकर्ता हरु लाई पार्टी बाट निष्कासन गर्दै गर्दा सुवर्ण शमशेर राणा , विपि कोइराला र गणेशमान ले कति धिक्कारेका होलान् कंग्रेस लाई कठै बरा 😜😜

  6. पूर्ण सिंह खडका Avatar
    पूर्ण सिंह खडका

    जगन्नाथ पौडेलको प्रतिबद्धता, प्रस्तावक र समर्थकको हिम्मतलाई इतिहासले मूल्यांकन गर्नेछ ।

  7. Dibya nath shrestha Avatar
    Dibya nath shrestha

    Aab palo chitaun ka janta haru ko paisa ra masu bhat ma bike ho ki sahi janpratinidhi laai vote dine ???

  8. bishnu bhakta khair Avatar
    bishnu bhakta khair

    चितवन वासि आमा बुवा दाजुभाइ दिदिबहिनीहरुलाइ जगन्नाथ पौडेललाई मतदान गरि अत्यधिक बहुमतले विजय गराइ दिनहुन विनम्र अनुराेध गर्दछु चितवन वासिले बल्ल न्याय पाउने छन।

  9. Wagle bhai Avatar

    Very good decision by Jagannath Paudel . I salutr to him. He is a True c9ngress leader . Go ahead 👍👌

  10. Hikmat Avatar
    Hikmat

    Renu ko Jeet Lai ksssile rokna sakdaina kinki usle tyahako janatako man jiti sakeki xin

  11. प्रेम सापकोटा Avatar
    प्रेम सापकोटा

    कांग्रेसको सच्चा सिपाहि भनेको जगन्नाथ पौडेल मात्र हो

    1. पुर्णिमा गौतम Avatar
      पुर्णिमा गौतम

      जसले जे भने पनि आखिरमा फाइदा एमालेलाई नै हो। भरतपुर महानगरपालिकाको बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले एमालेबाट अकुत पैसा लिएको हुनुपर्छ। नत्रभने पार्टीबाट निष्काशन र चुनाव चिन्ह पनि रुख नै नपाउने भएपछि चनावमा उठ्नुको औचित्य के छ त? काँग्रेसको झण्डा बोक्दै भुईंकटहर चिन्ह लिएर चुनावमा भाग लिनु भनेको अन्तिममा गएर हार ब्यहोर्नु नै हो।
      उनको हारले गठबन्धन पक्षको मतलाई कम्जोर बनाउने र मुख्य प्रतिस्पर्धी एमालेलाई बिजयको मुखमा पुर्याउनु नै हो।

  12. लक्ष्मिनाथ नेपाल Avatar

    जगन्नाथ ज्युलाइ धेरै धेरै जयनेपाल यो अदम्य साहसको लागि!

Leave a Reply

Your email address will not be published. Required fields are marked *