पार्टी परित्यागपछि पोखरेलको टिप्पणी – नेकपा (एस) भनेको कांग्रेसको (एस) हो

हेटौंडा । नेकपा एमाले नेता श्रीधर पोखरेलले नेकपा (एस) भन्ने पार्टी नेपाली कांग्रेसको ‘एस’ रहेको बताएका छन् ।

दुई दिनअघि एकीकृत समाजवादीको मकवानपुर जिल्ला अध्यक्ष परित्याग गरेर बिहीबार एमाले प्रवेश गरेका नेता पोखरेलले शुक्रबार बिहान हेटौंडामा भएको एमाले चुनावी प्रचार कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा एस भन्ने पार्टीमा कुनै नीति, विधि र विचार नरहेको दाबी गरे ।

उनले भने,  ‘एउटा पार्टी निर्माण हुँदा त्यो पार्टी विचार, नीति र सिद्धान्तको अघि बढ्ने हो । एकीकृत समाजवादीसँग न कुनै विचार छ, न त कुनै दृष्टिकोण छ । उसको विचार केबल नेकपा एमालेलाई साइजमा ल्याउने, कमजोर बनाउने र नेपाली कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्नेभन्दा अरु कुनै छैन ।’

एमाले प्रवेश गर्दा आफ्नै घर फर्किएको र आफ्नै दाजुभाइ तथा दिदीबहिनीहरुसँग भेट भएझैं खुसी मिलेको बताउँदै पोखरेलले आफ्नो ४१ वर्षको कम्युनिस्ट आन्दोलन र पार्टीगत लगानी एमालेमै भएकोले विगत ८ महिना राजनीति जीवनको भूल भएको बताए । ‘म विस्मृतमा थिएँ’, उनले भने, ‘एमालेको जीतले मात्रै जनतालाई न्याय हुन्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *