श्रीलंकन राष्ट्रपति गोटाबाया राजापाक्षे सर्वदलीय सरकार गठन गर्न तयार

काठमाडौं । चरम आर्थिक संकटका कारण चर्को आलोचना खेपिरहेका श्रीलंकन राष्ट्रपति गोटाबाया राजापाक्षे सर्वदलीय सरकार गठन गर्न तयार भएका छन् ।

श्रीलंकन प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा दिई अन्तरिम सरकार गठन गर्न चर्को दवाब आइरहेको वर्तमान समयमा गोटाबायाले सर्वदलिय सरकार गठन गर्ने विषयमा छलफल गर्न आगामी अप्रिल २९ मा बैठक आह्वान गर्दै सत्तारुढ दलका प्रमुख नेताहरुलाई पत्राचार गरेका हुन् ।

उक्त पत्रमा प्रधानमन्त्री महिन्दाले राजीनामा दिइसकेपछि सर्वदलिय सरकार निर्माण गर्ने सम्भावना बारे छलफल गरिने उल्लेख गरिएको छ । यद्यपी राष्ट्रपतिका आफ्नै दाई समेत रहेका श्रीलंकन प्रधानमन्त्री महिन्दाले यस अघिनै आफूले राजीनामा नदिने र आफ्नै नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने घोषणा गरिसकेका छन् ।

आर्थिक संकटका कारण हाल राष्ट्रपति गोटाबायाको पनि राजीप्नामा माग भइरहेको छ यद्यपी उनले वर्तवान कठिन समयमा आफू हार नमानी डेटर सामना गर्ने भन्दै राजीनामा नदिने बताउँदै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *