रुस-युक्रेन युद्धमा हस्तक्षेप गर्ने राष्ट्रले प्रतिकारको सामना गर्नुपर्ने पुटिनको चेतावनी

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र युक्रेनबीचको जारी युद्धमा हस्तक्षेप गर्न खोज्ने जुनसुकै राष्ट्रले बिजुलीको गतिमा प्रतिकारको सामना गर्न सक्नुपर्ने चेतावनी दिएका छन् ।

पुटिनले बुधबार रुसको उत्तरी सहर सेन्ट पिटर्सबर्गमा सांसद्‌हरूसँग बोल्दै यस्तै चेतावनी दिएका हुन् । ‘हामीसँग सबै खाले उपकरण छन्, त्यसैले कसैले घमण्ड गर्न गर्नुपर्दैन, आवश्यक भएमा हामी तिनीहरूको प्रयोग गर्नेछौँ ।’

पुटिनले उक्त उपकरणहरु कुन समयमा प्रयोग गर्ने भन्ने निर्णय पहिलानै भइसकेको पनि बताएका छन् । उनले थपे ‘यदि बाहिरबाट कसैले युक्रेनमा हस्तक्षेप गर्न प्रयास गर्छ र रुसमाथि रणनीतिक खतरा उत्पन्न गर्छ भने हामी बिजुलीको गतिमा त्यसको प्रतिक्रिया दिनेछौँ ।’

पुटिनको उक्त चेतावनीलाई रुससँग भएको बलिस्टिक क्षेप्यास्त्र र आणविक हतियारहरूको सम्भावित प्रयोगसँग जोडेर हेरिएको छ । अमेरिका लगायतका देशहरुले युक्रेनलाई सैन्य सहयोग बढाइरहेको वर्तमान अवस्थामा पुटिनको यस्तो चेतावनी आएको हो ।

रुसले हाल युक्रेको राजधानी किएभ वरपरका क्षेत्रहरूबाट पछि हटेर डोनबास क्षेत्र कब्जा गर्न ठूलो आक्रमण सुरु गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *