काठमाडौं । गृह मन्त्रालयले विभिन्न परीक्षा सञ्चालनका समयमा भइरहेका भीडभाडप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न विश्वविद्यालय तथा विद्यालय तहका परीक्षामा परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नुपूर्व वा परीक्षा अवधिभर कार्यलय प्रयोजनको लागि बाहेक अन्य कुनै पनि प्रकारको तस्बिर वा भिडियो नलिन आग्रह गरेको हो ।
परीक्षामा तोकिएका निरीक्षकबाहेक अनुगमनका नाममा ठूलो सङ्ख्यामा बाह्य व्यक्ति परीक्षा हलमा प्रवेश गरी परीक्षाको वातावरण अस्वस्थ बनाउने गरेको पाइएकाले त्यसो नगर्न पनि आग्रह गरेको छ ।


Leave a Reply