कार्यालय समय एक घण्टा बढ्यो

काठमाडौं । हप्तामा दुई दिन बिदा दिने निर्णय गरेसँगै सरकारले कार्यालय समय बढाएको छ ।

यसअघि बिहान १० देखि ५ बजेसम्म कार्यालय समय थियो ।

सरकारले जेठ १ गतेबाट लागू हुनेगरी कार्यालय समय विहान ९ः ३० देखि साँझ ५ः ३० सम्म सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।

अहिले यो प्रावधान परीक्षणका रुपमा हुने उनले बताए । पेट्रोलियम पदार्थको मूल्य बढ्नु र विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्दै गएपछि यस्तो प्रावधान लागू गरिएको हो ।

नेपाल आयल निगमले पनि केही समय अघि हप्तामा दुईदिन सरकारी बिदाको प्रस्ताव गरेको थियो ।

यो पनि पढ्नुहोस्: सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *