ज्योति केसी नव प्रतिभा पुरस्कार घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल संघकी केन्द्रीय सदस्य ज्योती केसीले भलिबल अक्षयकोषको स्थापना गर्दै ज्योति केसी नव प्रतिभा पुरस्कार दिने घोषणा गरेकी छिन् ।

उनले सोमबार एक कार्यक्रम आयोजना गर्दै हाल तीन लाखको अक्षयकोष स्थापना गरी उक्त अक्षयकोषबाट प्राप्त ब्याज बाट हरेक वर्ष आयोजना गरिने एनभिए लिगमा उदीयमान उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई १० हजार नगद सहित सम्मान गर्ने जानकारी दिइन् ।

‘धेरै पहिला नै खेलाडीलाई सम्मान गर्ने सोच बनाएकी थिए तर कार्य व्यस्तताले गर्दा यो घोषणालाई ढिलो गर्न पुगे । पछि योबाट शिक्षा र स्वास्थ्यमा सहयोग हुन्छ कि भनेर भलिबल संघलाई पैसा हस्तान्तरण गरिन,’ उनले भनिन्।

यस्तै, उनले पत्रकार सम्मेलनमा बोल्दै भविष्यमा अक्षयकोषको वृद्धि गर्ने बताइन् ।

पत्रकार सम्मेलनमा भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, उपाध्यक्ष निरोज मास्के, महासचिव जितेन्द्र बहादुर चन्दलगायत संघका पदाधिकारीहरूको उपस्थिति थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *